सागको पुरुष क्रीकेटमा बङ्गलादेश 109 रनको फराकिलो अन्तरले विजय

खेलकुद

काठमाडौँ । नेपालमा जारी १३औं दक्षिण एसियायी खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशले आफ्नो पहिलो खेलमा १०९ रनको बिजयी सुरुवात गरेको छ।टियु क्रिकेट मैदानमा आज भएको खेलमा बंगलादेश यु–२३ टोलीले टस जितेर ब्याटिंग गर्दै निर्धारित २० ओभरको खेलमा चार विकेटको क्षतिमा १७४ रन बनाएको थियो।बंगलादेशका लागि तन्भिर इस्लामले ४ ओभरमा १९ रन जोड्दै ५ विकेट लिएका थिए बंगलादेश यु–२३ टोलीका लागि ओपनर मोहमद नयिमले २८ बलमा ३८ रन, अर्का ओपनर तथा कप्तान सोम्य सरकारले ३३ बलमा ४६ रन, तेस्रो नम्बरमा ब्यटिङ्ग गर्न आएका नाजमुल हुसैनले ३८ बलमा ४९ रन, अफिप हुसेनले ९ बलमा १६ रन, यासिर अलि १० बलमा १२ रन र जाकिर हसनले २ बलमा ४ रनको विस्फोटक ब्याटिंग गरेका थिए।जवाफी ब्याटिंगमा १७५ रनको लक्ष्य पाएर मैदानमा उत्रिएको माल्दिभ्स ६५ रनमै अलआउट भयो ।

माल्दिभ्सका लागि ओपनर मोहमद अलि इभानले १२ रन, अर्का ओपनर अहमद हसनले १० रन बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्
बंगलादेशका लागि तन्भिर इस्लामले ४ ओभरमा १९ रन जोड्दै ५ विकेट लिएका थिए । आजको खेलमा म्यान अफ दि म्याच पनि बंगलादेशका तन्भिर इस्लाम घेषित भए।हसनले २ बलमा ४ रनको विस्फोटक ब्याटिंग गरेका थिए।जवाफी ब्याटिंगमा १७५ रनको लक्ष्य पाएर मैदानमा उत्रिएको माल्दिभ्स ६५ रनमै अलआउट भयो । काठमाडौं, असोज १५ गते । रानीपोखरीको बीच भागमा पुनर्निर्मित बालगोपालेश्वर मन्दिरमा विहीवार पूजाआजा गरि गजुर राखिएको छ ।रानीपोखरीको बीच भागमा अवस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिर २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको थियो । विज्ञ समूहको प्रतिवेदनअनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमै पुनर्निर्माण गरिएको छ । भूकम्पले क्षति बनाएको रानीपोखरीको करिब ९७ प्रतिशत काम सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ राजुमान मानन्धरले जानकारी दिनुभयो ।

रानीपोखरीको सुन्दरतासँग पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पनि जोडिएको छ उहाँले भन्नुभयो, निर्माण सम्पन्न बालगोपालेश्वर मन्दिर फरक शैलीमा बनेको छ । बालगोपालेश्वर मन्दिरमा राखिने गजुर २८ तोला सुनबाट बनेको र त्यसको तौल १२३ किलोको रहेको मानन्धरले बताउनुभयो । क्त गजुर दरबाइ हाइस्कुलमा प्रहरीको निगरानीमा रहेको पनि जानकारी दिनुभयो । उहाँले लगभस सबै काम सम्पन्न भएको जानकारी दिदै केहि फिनिसिङ, विद्युत विस्तार र पोखरीमा अझै १० इन्च पानी राख्न बाँकी रहेको बताउनुभयो । हाल रानीपोखरी ३ करोड २२ लाख लिटर पानीले भरिएको छ । मन्दिरको थप सुरक्षाका लागि मन्दिर वरपर सिसिटिभी क्यामेरा जडान गर्नुका साथै गार्ड परिचालन गर्ने योजना भएको पनि प्रष्ट पार्दे उहाँले गजुर स्थापनापछि रानीपोखरी पूर्णरुपमा सम्पन्न हुने भएको जानकारी दिनुभयो । रानीपोखरी निर्माणका लागि पञ्चवर्षीय योजना भए पनि कोरोना भाइरसले केही प्रभावित पारेको उहाँको भनाइ छ । विरोधै–विरोध खेपेर बनेको रानीपोखरीक शिलान्यास राष्ट्रपति विद्यादेवी भण्डारीले १८ औँ राष्ट्रिय सुरक्षा दिवसको अवसरमा २०७२ माघ २ गते गर्नुभएको थियो । शिलान्यास भएको करिब ५ वर्षपछि पुनर्निर्माण सकिने चरणमा छ । पुनर्निर्मित रानीपोखरीको उदघाटन पनि राष्ट्रपतिबाटै गराउने सरकारको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *