बाँकेमा नवमीका दिन १५७ संक्रमित निको

राष्टिय

नेपालगञ्ज, कात्तिक ९ गते । बडा दसैंको पुर्वसन्ध्या आइतवार नवमीका दिन बाँकेका विभिन्न आइसोलेसनबाट एकैदिन १५७ जना संक्रमित कोरोनामुक्त भै घर फर्किएका छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा एकैदिन यति धेरै संख्यामा संक्रमित निको भएर डिस्चार्ज भएको यो पहिलो पटक हो बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बडा दसैंको एकदिन अघि नवमीका दिन आइतबार बाँकेका ५९ महिला र ९८ पुरुष गरी १५७ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज हुनुभएको बताउनुभयो । उहाँले उहाँहरुलाई असोज २५, २६ र २७ गते कोरोना संक्रमण देखिएपछि जिल्लाका विभिन्न आइसोलेसनमा राखेर निगरानी गरिएकोमा सबैको स्वास्थ्य सामान्य भएका कारण घर पठाईएको बताउनुभयो । फोकल पर्सन श्रेष्ठका अनुसार सरकारले संक्रमितहरुमा पछिल्लो तीन दिनमा संक्रमणको लक्षण नदेखिएमा त्यस्ता व्यक्तिहरुलाई १० दिनमै डिस्चार्ज गर्ने र उनिहरू ७ दिन होम आइसोलेसनमा अनिवार्य बस्नुपर्ने मापदण्ड बनाएकोले सोही अनुसार उहाँहरुलाई डिस्चार्ज गरिएको हो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या दुई हजार ५१४ पुगेको छ ।विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका १८ सहित ४५१ जना अझै पनि उपचाररत हुनुहुन्छ । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या दुई हजार ९७७ रहेको छ भने ३० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ । सरकारले पाँचसय भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लालाई अति जोखिममा राखे पनि बाँकेमा आइतवारबाट ४३३ जनामात्र आईसोलेसनमा बाँकी रहेकाले यो जिल्ला जोखिम मुक्त जिल्ला बनेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांगले बताउनुभयो । यसैबीच जिल्लामा शनिवार र आइतवार विहान गरेर ३५ जना संक्रमित थपिएका छन् । शनिवार भेरीलगायत जिल्लाका तीनवटै प्रयोगशालामा ३२ जना थपिएका थिए भने आइतवार बिहान ३ जना थप थपिएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

काठमाडौँ, कात्तिक ६ गते । राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड –१९ सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्द त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने उल्लेख छ । यो परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्ताङ्कका लागि लिइनेछ । विद्यार्थीको २० प्रतिशत लब्धाङक आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को लब्धाङकबाट गणना गरिनेछ । बोर्डले ४० प्रतिशत लब्धाङकका लागि अनलाइन परीक्षा गर्न सकिने विकल्प सुझाएकामा त्यसको विश्वसनीयतामा विभिन्न प्रश्न उठेपछि परीक्षा सञ्चलन हुने भएको हो । बोर्डले जिल्ला बाहिर रहेका परीक्षार्थीको विवरण सङ्कलन गरी परीक्षामा सामेल गराउने तयारी गरेको छ । लामो समयको गृहकार्य र अन्योलपछि नेपाल सरकारको सैद्धान्तिक निर्णयबाट झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने परीक्षाका लागि बोर्डले बुधबार कार्यतालिका सार्वजनिक गरेको हो । कोरोना महामारीको जोखिमका कारण गत वैशाख ८ गतेदेखि हुने भनिएको सो परीक्षा स्थगन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *